२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

अभियानद्वारा प्लाज्मा बैंक स्थापनाका लागि ११ लाख प्रदान


बिर्तामोड, असोज १९ । एकका लागि एक अभियानले प्लाज्मा बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी झापालाई ११ लाख रुपैयाँ प्रदान गरेको छ ।

आज सोमबार अभियानले रेडक्रसको रक्त सञ्चार केन्द्र बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच ११ लाख रुपैयाँको डमी चेक हस्तान्तरण गरेको हो । नगद यसअघि नै प्रदान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार बैंक स्थापनाका लागि लाग्ने करिब २० लाख रुपैयाँमध्ये अभियानले ११ लाख सहयोग गरेको हो । रेडक्रसले असोज १० गतेदेखि बैंक सञ्चालन गर्दै आएको छ ।

ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना प्रहरी प्रमुख कृष्ण कोइराला, सशस्त्र प्रमुख रमेशकुमार पाण्डे, नेपाली सेनाका कर्नेल अमरजंग थापा, बिर्तामाेड उद्याेग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायत अभियानका सदस्यहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा अभियानका संयोजक महेन्द्रकुमार गिरीले कोरोना भाइरससँग सम्बन्धित कुनै काम गर्नु परे अभियान त्यसका लागि तयार रहेको बताए । संयोजक गिरीका अनुसार पिसिआर ल्याबको सफल निर्माणपछि संक्रमित गम्भीर बिरामीका लागि प्लाज्मा थेरापी गर्न प्लाज्मा बैंक स्थापनामा अभियानले सहयोग गरेको हो ।

अभियानका सहसंयोजक विनोद बस्नेतले अभियानको स्थापना र हालसम्म गरिएका काम बारे प्रकाश पारेका थिए । अभियानले यसअघि कनकाई नगरपालिका ४ स्थित कोटीहोममा कोरोना भाइरस परीक्षण पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई बुझाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer