२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

‘ताप्लेजुङ-झापा साइकल राइड’ टोलीलाई सम्मान


बिर्तामोड, असोज २० । ‘साइकल कुदाऔँ, स्वस्थ रहौँ’ भन्ने नाराका साथ साइकल राइडरहरुको एक समूहले ताप्लेजुङबाट झापासम्मको यात्रा पूरा गरेको छ ।

ताप्लेजुङको सुकेटरबाट सुरु भएको यात्रा चौथो दिन बिर्तामोडमा आएर टुंगिएको छ । आज मंगलबार अपरान्ह बिर्तामोड आइपुगेको टोलीलाई एक कार्यक्रमका बीच स्वागत सम्मान गरिएको छ ।

सामाजिक अगुवा जलकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३ जना साइकलयात्रीलाई सम्मान गरिएको थियो । गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल र नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टाईलगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

साइकलयात्री बुद्धभूषण योञ्जनले सहजीकरण गरेको कार्यक्रममा टोली प्रमुख योगेन्द्र थापाले यात्राका अनुभव तथा उद्देश्यबारे प्रस्ट पारेका थिए । २६० किलोमिटर पहाडी बाटोमा यात्रा गर्दा पर्यटन प्रबद्र्धनमा समेत टेवा पुगेको थापाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले शारीरिक तन्दरुस्ती र आन्तरिक पर्यटन प्रबद्र्धनमा साइकलयात्रीले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । आधुनिकतासँगै मानिसहरु शौखिन बन्दै गए पनि आफ्नो स्वास्थ्यप्रति सचेत नरहेको गुरुङको भनाइ थियो । उनले साइकल चलाउँदा स्वास्थ्य र पर्यटन दुबैलाई फाइदा पुग्ने बताए ।

‘ताप्लेजुङ झापा साइकल राइड’ नाम दिइएको यात्राको आयोजना नेपाल लिंक्स् पाइडलले गरेको हो भने दि हिमालयन माउन्टेन बाइक बिर्तामोडको विशेष सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer