२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

डाइनामिक क्लबको अध्यक्षमा मैनाली


बिर्तामोड, असोज २५ । डाइनामिक क्लबको अध्यक्षमा अर्जुनकुमार मैनाली चयन भएका छन् । बिर्तामोड १ पञ्चकन्या सोसाइटीमा रहेको क्लबको दुई वर्षे कार्यकालका लागि मैनाली सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

क्लबको उपाध्यक्षमा दिपक घिमिरे र हेमन्त प्रसार्इं, सचिवमा दिपक भट्टराई, सहसचिवमा थर्कमान भट्टराई, कोषाध्यक्ष धर्मकला बस्नेत (कला) चयन भएका छन् । सदस्यहरुमा कृष्णप्रसाद शर्मा, तुलसी भट्टराई, सुनिता प्रसाईं, गंगादेवी खनाल (सीता), किशोर तिम्सिना, खगेन्द्र खरेल, निरोज तिम्सिना रहेका छन् । दुई सदस्य पछि मनोनित गरिनेछ ।

क्लबले निर्माण गरेको ब्याडमिन्टन कभर्डहल सम्पन्न प्रथम अधिवेशनमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले पञ्चकन्या सोसाइटी र देवी पञ्चकन्यालाई नमुना बस्ती बनाउने कुरामा कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, बिर्तामोडका प्रवक्ता अग्निप्रसाद पाण्डे, रुपनारायण पाण्डे, ओमनाथ उप्रेती, अर्जुनकुमार मैनाली, ज्ञानुराम प्रसाईंलगायतले शुभकामना व्यक्त गरका थिए ।

‘परिवर्तनका लागि युवा सशक्तीकरण आजको आवश्यकता, सभ्य समाज निर्माणमा हाम्रो सहभागिता’ भन्ने नाराका स्थापना भएको क्लबको प्रथम अधिवेशनको अध्यक्षता उपाध्यक्ष दिपक घिमिरेले गरेका थिए । सहसचिव थर्कमान भट्टराईले स्वागत गरेको कार्यक्रममा सचिव दिपक भट्टराईले सञ्चालन गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer