२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीको पिसिआर मेसिन थन्कियो, कनकाईमा स्वाबको चाप


एकका लागि एक अभियानले निर्माण गरेको प्रयोगशालामा कोरोना परीक्षण गर्दै स्वास्थ्यकर्मी ।

बिर्तामोड, असोज २८ । मेची अस्पतालमा रहेको कोराना भाइरस परीक्षण गर्ने पिसिआर मेसिन तीन सातायता सञ्चालनमा नआउँदा परीक्षणमा असर पुगेको छ ।

स्विस सरकारबाट प्राप्त सो मेसिन केही दिन सञ्चालनमा आएर थन्किएको छ । अस्पताल स्रोतका अनुसार रिएजेन्ट अभावमा परीक्षण हुन नसकेको हो ।

क्लोज शैलीको सो मेसिन जुन कम्पनीको हो, त्यही कम्पनीको मात्र रिएजन्ट प्रयोग गर्न मिल्छ । त्यसका लागि स्विटजरल्यान्डबाटै किट ल्याउनुपर्ने हुन्छ । सो मेसिनमा रोस ग्रुपको किट प्रयोग हुन्छ, जो आउन धेरै समय लाग्ने अधिकारीहरुले बताएका छन् ।

त्यस्तै, केही दिनअघि रोटरी क्लब बिर्तामोडले मेसिन मात्र दिएकाले त्यो पनि कार्टुनमै थन्किएको छ । ‘रोटरीले मेसिन मात्रै दिएको छ, आवश्यक सहयोगी सामान नभएकाले त्यो मेसिन कार्टुनबाट निकालिएकै छैन’, अस्पताल स्रोतले भन्यो ।

जनस्तरबाट एकका लागि एक अभियानले अत्याधुनिक ढंगले निर्माण गरेर मेची अस्पताललाई हस्तान्तरण गरिएको कनकाई कोटिहोमको प्रयोगशालामा भने परीक्षण भइरहेको छ । तर, मेचीको अर्को प्रयोगशाला बन्द हुँदा त्यहाँ स्वाबको चाप भने अत्यधिक रहेको बताइएको छ ।

मेचीमा मात्र होइन प्रदेशका अधिकांश प्रयोगशालामा परीक्षण बन्द भएपछि पिसिआर परीक्षण प्रभावित भएको छ । स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौँलागाईंले प्रयोगशालाले नमुना लिन नमानेकाले परीक्षणमा ढिलाइ भएको बताए ।

प्रदेश १ मा मेचीबाहेक विराटनगरमा दुई ठाउँ कोसी अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र धरानको बिपी प्रतिष्ठानमा परीक्षण हुँदै आएको छ ।

समयमै परीक्षण हुन नसकेपछि क्वारेन्टिनमा बसेकाहरु मानसिक तनावमा छन् । १० दिन बितिसक्दा पनि नतिजा आउन सकेको छैन । सरकारले परीक्षणमा वस्ता नगर्दा संक्रमितको संख्या बढ्ने जोखिम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer