२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोभिड संक्रमितले उपचार नपाउँदा मेची अस्पतालमा मृत्यु


बिर्तामोड, कात्तिक ५ । आफ्ना कार्यकर्ताको अस्पतालमा निधन भएपछि नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले आपत्ति जनाएको छ । क्षेत्रीय सभापति गणेश पोखरेलले मेची अस्पतालको चरम लापरबाहीका कारण पार्टीका स्थानीय नेता लक्ष्मीसिंह राजपुत (नुनिया)को मृत्यु भएको बताएका छन् ।

भदपुर नगरपालिका साविक वडा नम्बर २ का पूर्व सभापति राजपुत कोरोना संक्रमणको उपचारका लागि मेची अस्पतालमा भर्ना भएका थिए । पोखरेलले विज्ञप्ति निकालेर न्यूनतम् चित्सिकीय सेवा समेत पाउन नसकी कात्तिक ४ गते राजपुतको निधन भएको जनाएका छन् ।

अस्पतालमा भर्ना भएका बेला अक्सिजन सकिँदा डाक्टर र नर्स नआएपछि त्यहीँ रहेका संक्रमित तथा खाना पुर्याउन खटिएका व्यक्तिहरुले अक्सिजन फेरिदिएको पोखरेलले जनाएका छन् ।

उपचारमा अस्पतालले देखाएको व्यवहारको विरोध गर्दै पोखरेलले त्यहाँको कोभिड अस्पतालमा आइसियु र भ्यान्टिलेटरसहितको सुविधा उपलब्ध गराउन नेपाली कांग्रेसका तर्फबाट पोखरेलले माग गरेका छन् ।

अस्पतालमा स्थायी व्यवस्थापन गर्ने विकास समिति नहुँदा उपचार र अन्य कुरामा लापरबाही हुने गरेको गुनासो आउने गरेको छ । अहिलेको समिति नेतृत्वले कामभन्दा ‘गफ’ मात्रै गरेकाले समयमै कोभिड अस्पतालसमेत निर्माण हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer