२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड १ मा स्वास्थ्य चौकी बन्ने


बिर्तामोड, कात्तिक १४ । बिर्तामोड वडा नम्बर १ का नागरिकलाई स्वास्थ्य सेवा सरल बनाउन नगरपालिकाले स्वास्थ्य चौकी निर्माण गर्ने भएको छ ।

वडाको उत्तरी क्षेत्रको वरपीपल चोकनजिकै दाताबाट निःशुल्क जग्गा प्राप्त भएपछि नगरपालिकाले आधारभूत स्वास्थ्य चौकी निर्माणको काम अघि बढाएको थियो । शनिबार एक कार्यक्रमका बीच नगरप्रमुख ध्रवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, वडा अध्यक्ष अग्निप्रसाद पाण्डे, जग्गादाता दानवीर राउतले भवनको शिलन्यास गरे ।

आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी विराटनगरको एक ठेकेदार कम्पनीले निर्माणको जिम्मेवारी पाएको छ । स्वास्थ्य चौकीको भवन चारकोठे, एकतले हुनेछ । भवन २७ लाख रुपैयाँको लागतमा निर्माण हुनेछ ।

वडा अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख शिवाकाटीले सरकारीस्तरमा वडाबासीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न चौकीको निर्माण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer