२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसीले ल्यायो क्याथ ल्याब सञ्चालनमा


वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवन कुमार र डा. उमेश यादव ल्याबमा ।

बिर्तामोड, कात्तिक २३ । मुटुसम्बन्धी उपचारका लागि प्रयोग हुने क्याथ ल्याब झापामा सञ्चालनमा आएको छ । अत्याधुनिक संरचनासहितको ल्याब बिएन्डसी अस्पतालले सञ्चालनमा ल्याएको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंका अनुसार अब बिएन्डसीमा मुटुसम्बन्धी सम्पूर्ण उपचार अत्याधुनिक मेसिन र उपकरणसहितको क्याथ ल्याबमार्फत हुनेछ । करिब ५० करोड रुपैयाँको लागतमा क्याथ ल्याब तयार भएर सञ्चालनमा आएको हो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादवले पाँच दिन अघिबाट सञ्चालनमा आएको क्याथ ल्याबमार्फत पाँचजना मुटुका बिरामीको उपचार भइरहेको र सबैको उपचार सफल भएको बताए ।
भारतमा पहिलोपटक सन् २०११ मा सफल रुपमा मुटु प्रत्यारोपण सेवा सुरु गरेर चर्चामा आएका दक्षिण भारतको चेन्नइको फुर्टिज अस्पतालमा कार्यरत डा. अवन कुमारले बिएन्डसीमा सेवा दिने अस्पतालले जनाएको छ । उनले एक हजारजनाको मुटु प्रत्यारोपण गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer