२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

एकका लागि एक अभियानले बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने


बिर्तामोड, कात्तिक २४ । नेपालमा लकडाउन सुरु भएपछि सामाजिक कार्यमा सक्रिय एकका लागि एक अभियानले झापाको बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएर अस्पतालमा समेत बेड अभाव हुन थालेपछि घरमै उपचारमा सहयोग पुर्याउन अभियानले अक्सिजन बैंक स्थापना गर्ने निर्णय गरेको हो । आज सोमबार बसेको अभियानको जुम बैठकले केही दिनमै अक्सिजनका सिलिन्डरको भण्डारण गर्ने निर्णय पनि गरेको छ ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न बैठकले कोभिड सूचना तथा सहायता केन्द्रको स्थापना गर्ने निर्णय पनि गरेको छ । सो सहायता केन्द्र झापा गोल्डकपको सचिवालयमा रहनेछ । त्यस्तै, अशक्त तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राख्दै घरमै पुगेर स्वाब संकलन गर्ने अभियानको बैठकले निर्णय गरेको छ ।

अभियानले यसअघि झापाको कनकाईमा पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । एक करोड २ लाख ५६ हजार ८०४ रुपैयाँको लागतमा अत्याधुनिक प्रयोगशाला स्थापना गरेको अभियानले प्लाज्मा बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई ११ लाख रुपैयाँ प्रदान गरेको थियो ।

अभियानका सहसंयोजक विनोद बस्नेतले औचित्यमाथि प्रकाश पारेको बैठकमा सदस्यहरु नविन पोखरेल, कुमारमणि पोखरेल, गोपाल ओली, हरि शर्मा, सजेश शिवाकोटी, एकराज गिरीलगायतले धारणा राखेका थिए ।

बैठकको सहजीकरण गर्दै सचिवालय सदस्य मातृका सुवेदीले हालसम्मको खर्च र आम्दानी विवरण प्रस्तुत गरेका थिए । अभियानको खाता १८ लाख ७० हजार ४२९ रुपैयाँ बचत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer