२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

साना मझौलाको शेयर पुँजी २५ प्रतिशतले बृद्धि


बिर्तामोड, मंसिर ७ । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी ४ करोड ७३ लाख ४४ हजार ८०० रुपैयाँ पुगेको छ । बिर्तामोड १ मा मुख्य कार्यालय रहेको संस्थाको शनिबार सम्पन्न दसौँ साधारणसभाले अघिल्लो आर्थिक वर्षको प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।

एक वर्षको बीचमा शेयर पुँजीमा २५ दशमलव २७ प्रतिशत भएको हो । संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको निक्षेप संकलन ११ करोड ५६ लाख ९६ हजार ५८९ रुपैयाँ, कर्जा लगानी १७ करोड ८ लाख १ हजार ५७३ रुपैयाँ, नगद तथा बैंक मौज्दात १ करोड ५३ लाख ७९ हजार ८१५ रुपैयाँ ७६ पैसा, कोषमा १ करोड २३ लाख ८ हजार ३३४ रुपैयाँ १३ पैसा, कारोबार ६५ करोड ९० लाख ६१ हजार ३०७ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यस्तै, संस्थाले पिसिआर ल्याब स्थापना गर्न एकका लागि एक अभियानलाई ३१ हजार रुपैयाँ, कोरोना भाइरस रोकथामका लागि बिर्तामोड नगरपालिकालाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाले पूर्वाञ्चल गोल्डकप, पथरिया मावि र आधारभूत प्राविका एक सय तीन जना विद्यार्थीलाई न्यानो कपडा, पाठामारी र खुदुनाबारीमा निःशुल्क आँखा शिविर, सहकारी शिक्षा अभिमुखीकरण तालिम, ज्येष्ठ सदस्य सम्मान, बचतकर्ता तथा ऋणि सम्मान, महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले संस्थाले संकटमा साना मझौला, सृष्टि सम्मान कार्यक्रम, हाम्रो सन्तती हाम्रो उद्देश्य, ज्येष्ठ सदस्य–हाम्रो गौरव, विद्यार्थी राष्ट्रका कर्णधार, हाम्रा सन्तति हाम्रो भविष्य, मानवीय सेवा–हाम्रो धर्म, जटिल तथा घातक रोगमा हाम्रो सहयोग, विपदको साथी साना मझौला, उज्यालो संसारमा हामी, असल कार्य: आफ्नै पहिचान, हाम्रो परिवार–शिक्षित परिवार, धर्मकर्ममा हाम्रो मन, आन्तरिक पर्यटनको बढावा हाम्रो लक्ष्य, हाम्रो संस्कार हाम्रो संस्कृति, जोखिममा हाम्रो चिन्ता लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिँदै सदस्यहरुको सुख–दुःखमा साथ दिने बताएका थिए ।

त्यस्तै, सदस्यलाई एसएमएस सेवा, बजार प्रतिनिधिलाई ट्याब, सदस्यलाई तालिम, निःशुल्क आँखा शिविर, न्यानो कपडा वितरण, रक्तदान लगायतका कार्यक्रम समेत गरिने उनले बताए ।
कोभिड–१९ को कहरमा सहकारी रजिष्टारको कार्यालयले जारी गरेको निर्देशन अनुसार गत कात्तिक २१ गतेदेखि २८ गतेसम्म साधारण सभा गरिएको जसमा संस्थाका एक हजार सात सय ८८ जना सदस्यले रायसुझावसहित प्रतिवेदन संस्थामा बुझाएको बताइएको छ ।

संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer