२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

आइसिसीको दशक अवार्डमा पारस मनोनित


झापा, मंसिर १० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसिएट प्लेयर अफ द डिकेडको मनोनयनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का परेका छन् ।

आइसिसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सम्मानित गर्न लागेको हो । आइसिसीले अवार्ड मिति भने तोकेको छैन । आइसिसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न शीर्षकमा सम्मानित गर्न लागेको हो ।

स्पिरिट अफ क्रिकेट, आइसिसी एसोसिएट क्रिकेटर, आइसिसी महिला एसोसिएट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, ओडिआइ पुरुष र महिला क्रिकेटर, टेस्ट क्रिकेटर लगायत विधाको मनोनयन सार्वजनिक गरेको छ ।

पारससँगै स्कटल्यान्डका काइल कोट्जर, कलुम म्याकलेओड, रिची बेरिंगटन, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयन सूचीमा छन् । पारस नेपाललाई डिभिजन पाँचदेखि ओडिआइ मान्यतासम्म पुर्याउने कप्तान हुन् । त्यस्तै, पारसको कप्तानीमा नेपालले पहिलो पटक टि २० विश्वकप २०१४ मा खेलेको थियो ।

आइसिसीले पुरुष प्लेयर अफ दशकमा भारतीय स्पिनर रविचन्द्रन आश्विन, कप्तान विराट कोहली, इंग्ल्यान्डका जो रुट, दक्षिण अफ्रिका एबी डिभिलियर्स, श्रीलंका कुमार संगाकारा, अस्ट्रेलिया स्टिभ स्मिथ र न्युजिल्यान्डका केन विलियम्सनको नाम मनोनित सूचीमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer