बिर्तामोड, पुस १५ । बिर्तामोडमै पहिलोपटक उपभोक्ता सहकारीको रुपमा स्थापित विराट अर्जुन उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः नवराज खरेल (नविन) चयन भएका छन् ।
बिर्तामोडका सफल युवा व्यवसायी खरेल तेस्रो कार्यकालका लागि संस्थाको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । बुधबार बिर्तामोडको आदर्श ब्यांक्वेटमा सम्पन्न ११ औँ साधारणसभाले खरेलको नेतृत्वमा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा यादवकुमार ओली, सचिवमा डिल्लीराम प्रसाईं तथा सञ्चालक सदस्यहरुमा दिपेश प्रसाईं, सन्तकुमार शर्मा कट्टेल (सुमन), मिना खरेल, सञ्जोग खरेल, कृष्णप्रसाद कुइँकेल, घनश्याम खनाल, बद्रीप्रसाद ओली र पंकज खरेल चयन भएका छन् । त्यस्तै, लेखा सुपरीवेक्षण समिति संयोजकमा अनुप सापकोटा तथा सदस्यहरुमा रामबाबु सुवेदी र रमाकुमारी रेग्मी चयन भएका छन् ।
११ औँ साधारणसभाको अवसर पारेर अध्यक्ष खरेलले आफ्नी आमा स्वर्गीय नरमाया खरेलको नाममा स्थापित शिक्षा कोषबाट शेयर सदस्यमध्ये विपन्न परिवारका दुई सन्तानलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । वीर अमरसिंह माविमा अध्ययनरत शेयर सदस्य सन्तना राजवंशी र शर्मिला टुडूका छोरीलाई कोषकी संयोजक उषा थपलिया खरेलले सो सामग्री प्रदान गरिन् ।
झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अघिल्लो सञ्चालक समितिका सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि ढकाल, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख विवेक डाँगी, सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।