२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

राजनीतिज्ञ तथा समाजसेवी पोखरेलको निधन


बिर्तामोड, पुस १५ । झापाको तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतका प्रधानपञ्च गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।

बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा पोखरेलको निधन भएको हो । उनको केही वर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो । उनी कोरोना भाइरसको संक्रमणमा परेका थिए । कोरोना संक्रमणपछि पिसिआर रिपोर्ट ‘नेगेटिभ’ आए पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । एक सातादेखि उनी उपचाररत थिए ।

उनका पत्नी देवीमाया पोखरेल, चार छोरा राजेन्द्र, निर्माण, दिनेश र फाल्गुणी तथा सात छोरीहरु रहेका छन् । स्वर्गीय पोखरेलको अन्तिम संस्कार बिहीबार बिहान कनकाई आर्यघाटमा गरिने परिवारका सदस्य कुमारमणि पोखरेलले जानकारी दिए ।

कनकाई–१ दुर्गापुर निवासी पोखरेलका जेठा छोरा राजेन्द्रकुमार कनकाई नगरपालिकाका प्रमुख हुन् । त्यस्तै, माइला छोरा निर्माण काठमाडौँमा रहेर व्यवसायी गर्छन् । साइँला छोरा दिनेशकुमार अष्ट्रेलियामा रहेर व्यवसाय गर्नुका साथै नेपालीहरुलाई सहयोग र सेवा गर्ने अभियानमा सक्रिय छन् । उनी अन्तर्राष्ट्रिय झापाली समाज तथा झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer