२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

फाइनलमा प्रदेश १ र एपिएफ भिड्ने


दाङ, पुस १८ । लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै १ नम्बर प्रदेश लमहीमा जारी सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।
प्रदेश १ ले उपाधिको लागि आइतबार एपिएफसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । एपिएफले पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा प्रदेश १ ले फाइनलमा स्थान पक्का गरेको हो ।
जितका लागि पछ्याएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८.५ ओभरमा कुनै विकेट गुमाइ पूरा गर्यो । प्रदेश १ की ओपनर रुविना बेलबासे क्षेत्री ३० बलमा २ चौका र १ छक्कासहित २६ रनमा अविजित रहिन् । अर्की ओपनर काजल श्रेष्ठ २३ बलमा २ चौका सहित २२ रनमा अविजित रहिन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली लुम्बिनी १४.१ ओभरमा ५२ रनमा अल आउट भयो । लुम्बिनीकी विकेटकिपर नितु भण्डारीले ३० बलमा १ चौका सहित २१ रन बनाइन् । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लुम्बिनीका पाँच ब्याटर रन आउट भएका थिए ।
पहिलो ओभरको पाँचौँ बलमा ओपनर गीता गोसाई २ रनमा रन आउट भएकी थिइन् । दोस्रो विकेट पनि लुम्बिनीले रन आउटकै रुपमा गुमाएको थियो । दोस्रो ओभरको पाँचौँ बलमा सरस्वती घर्तीमगर १ रनमा रन आउट भइन् । पाँचौँ ओभरको तेस्रो बलमा मध्यगतिकी युवा बलर निग्मा तामाङले लक्ष्मी चौधरीलाई निशा शाहबाट ६ रनमा क्याच आउट भइन् ।
त्यसै ओभरको अन्तिम बलमा कप्तान नेरी थापा शून्यमा एलबिडब्ल्यु आउट भएपछि लुम्बिनी २०–४ को अवस्थामा पुगेको थियो । कप्तान रुविना बेलबासे क्षेत्रीको छैटौँ ओभरको चौथो बलमा ठुलो सट खेलेकी सरस्वती पुन रोमा थापाबाट शून्यमा क्याच आउट भएपछि पहिलो पावर प्लेमै लुम्बिनी संकटमा परेको थियो ।

रन आउटबाट विकेट गुमाउने सिलसिला भने यतिकैमा रोकिएन । स्वस्तिका बजागाईं २ र एलिसा केसी ५ रनमा रन आउट हुन पुगे । शर्मिला रोका मगर ७ रनमा अविजित रहिन् । प्रदेश १ की निग्मा तामाङ र संगीता राईले २–२ विकेट लिए । कप्तान रुविनाले १ विकेट लिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer