२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रधानमन्त्री कपको उपाधि प्रदेश १ लाई


दाङ, पुस १९ । विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश १ सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । पहिलोपटक च्याम्पियन बनेको प्रदेश १ ले एपिएफलाई फाइनलमा ६ रनले हराउन सफल भयो ।

१०६ रनको लक्ष्य पछ्याएको एपिएफले ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । ३२ रन बनाउन एपिएफले ५ विकेट गुमाएर खराब सुरुवात गरेको थियो । ओपनर ज्योति पाण्डेले १४ रन बनाएको इनिङसमा राजमती ऐरी शून्य रनमा आउट भइन् । इन्दू बर्माले ७, सरिता मगरले ६ रन बनाए ।

ममता चौधरी र करुणा भण्डारीले छैटौँ विकटका लागि ६४ रनको योगदान गर्दै एपिएफलाई जितको नजिक पुर्याएका थिए । तर, अन्तिम ओभरमा सम्हालिन नसक्दा एपिएफ पराजित बन्यो ।

प्रदेश १ की रुविना क्षेत्री र अलिसा खनियाँले समान २ विकेट लिए । संगीता राईको नाममा एक विकेट रह्यो । यसअघि, दाङको लमहीमा प्रदेश नम्बर १ ले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित ओभर खेल्दै प्रदेश १ ले ४ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

ओपनर अप्सरी बेगमले सर्वाधिक ३४ रन बनाएको इनिङसमा काजोल श्रेष्ठले २९ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले १८ रन बनाइन् । त्यस्तै, रोमा थापाले ३, निशा शाहले ५ तथा संगीता राई २ रनमा अविजित रहिन् ।

एपिएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट हात पारेकी थिइन् । उपाधिसँगै प्रदेश १ ले नगद ५ लाख प्राप्त गरेको छ । एपिएफले ३ लाखमा चित्त बुझायो ।

कप्तान रुविना क्षेत्री बेलबासेसँगै प्रदेश १ मा ६ जना राष्ट्रिय खेलाडी थिए । अपराजित रहँदै उपाधि जितेको प्रदेश १ ले अन्य प्रदेशलाई पनि राम्रो सन्देश दिएको छ । नतिजा अन्तिम बलसम्म पर्खनु परेको थियो । अन्तिम दुई बलमा आठ रन चाहिएको अवस्थामा कप्तान सीता रानामगर पाँचौँ बलमा स्टम्पिङ आउट भएसँगै प्रदेश १ को जित लभभग पक्कापक्की बनेको थियो ।

प्रदेश एकलाई उपाधि जिताउन युवा खेलाडी स्पिनर एलिसा खडिया र मध्यगतिका बलर निग्मा तामाङले प्रतियोगिता भर राम्रो प्रदर्शन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer