२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

महिला फुटबल लिग माघ ७ गतेदेखि हुने


बिर्तामोड, पुस २४ । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले हो ।

महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो ।

कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उनले बताए । आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कुल ४२ खेल खेलाइनेछ ।

उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिए । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

महिला लिगको विजेताले १५ लाख पुरस्कार प्राप्त गर्नेछ । उक्त लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ ।

यसैबीच, एन्फाले स्थगित भएको विसं २०७६ को सहिद स्मारक ‘सि’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । उक्त लिग कोरोनाका कारण गत वर्ष चैतमा स्थगित भएको थियो । सि डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई ९ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले सात लाख आर्थिक सहयोग गर्दै आएको थियो । यस्तै एन्फाले विसं २०७६ मा कोरोनाका कारण स्थगित गरिएको सहिद स्मारक बि डिभिजन लिग पनि आगामी फागुन ११ गतेदेखि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ ।

यी सबै लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer