२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

महिला लिगः आज दुई खेल हुँदै


फाइल तस्वीर

झापा, माघ ११ । राष्ट्रिय महिला लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।

आर्मी र वालिङबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ ।वालिङविरुद्ध मैदान उत्रदा आर्मी पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा आर्मी नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो । वालिङ पनि पहिलो जितको निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १(१ गोलको बराबरी खेलेको थियो । यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले विरानगरसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र विराटनगरबीचको खेल अपरान्ह २स्३० बजे सुरु हुनेछ ।

एपीएफ लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६(० ले हराएको थियो ।

विराटनगर भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।पहिलो खेलमा विराटनगर वालिङसँग बराबरीमा रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer