२०८२ बैशाख २६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा बिर्तामोड अनुगमन कार्यालयको अर्धवार्षिक समीक्षा


बिर्तामोड, माघ १५ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोभिड १९ को विषम परिस्थितिमा समेत अग्रपंक्तिमा रहेर सेवा दिने कर्मचारीहरूलाई उत्प्रेरणा दिन एक कार्यक्रम सम्पन्न गरेको छ ।

सहारा नेपाल साकोस अनुगमन कार्यालय बिर्तामोडले आफ्नो १० वटा सेवा केन्द्रका ८० जना कर्मचारीहरूमा उत्प्रेरणामुलक कार्यक्रम गरेको हो । यस आर्थिक वर्षको छ महिनामा सेवा केन्द्रहरूले गरेको प्रगति समीक्षासहित विभिन्न १० वटा विधामा पुरस्कार समेत प्रदान गरिएको छ ।

संस्थाले धरै कर्जा बृद्धि गर्ने काँकरभिट्टा सेवा केन्द्रका कर्मचारी सीताराम कोइराला, बचत बृद्धिमा बिर्तामोडकी लक्ष्मी राई, सदस्य बृद्धिमा शनिश्चरेकी सुष्मा सुवेदी, उत्पादकत्वमा बिर्तामोडका भवानी सुवेदी, उद्यमी सदस्य निर्माणमा धुलाबारीकी शान्ता सिटौला, रेमिटेन्स गर्नेमा चारपानेकी कविता शर्मा, कार्यालय सहयोगीमा चारपानेकी धनमाया दाहाललाई सम्मान तथा पुरस्कृत गरेको छ ।

सेवा केन्द्रअन्तर्गत मुनाफा गर्नेमा चारपाने, कर्जा बृद्धिमा धुलाबारी, बचतमा बिर्तामोड र सर्वोत्कृष्टमा काँकरभिट्टा सेवा केन्द्र रहेका छन् ।

कार्यक्रमको अध्यक्षता गरेका अनुगमन अधिकृत घनश्याम रायले छ महिनाको प्रगति समीक्षा तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि साकोसका सहायक निर्देशक ईश्वरप्रसाद भट्टराईले उत्प्रेरणा सन्देश वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण उमेश भारतीले गरेका थिए ।

Adv footer