२०८२ असार २४ मंगलबार
Jhapa Today
Adv top

लेडी लायन्सद्वारा रोड पेन्ट र सिरक वितरण


बिर्तामोड, माघ १६ । लायन्स क्लब अफ बिर्तामोड लेडीले एक कार्यक्रमको आयोजना गरेर बिर्तामोडस्थित पुरानो भद्रपुररोड रोड पेन्ट गरेको छ ।

शुक्रबार पुरानो भद्रपुररोडमा लगाइको स्पिड ब्रेकरमा रोड पेन्ट गरिएको हो । भद्रपुररोड निर्माणाधीन रहेको र पुरानो रोडमा सवारी साधनको अत्यधिक चाप बढेकाले दुर्घटनाको जोखिम बढ्दै गएपछि क्लबले रोड पेन्ट गरेको छ ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले क्लबले सो बाटोमा निर्माण गरिएको १५ वटा स्पिड ब्रेकरमा रङ लगाउने काम गरेको छ । क्लबकी अध्यक्ष उर्मिला बिमली खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोेड ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, समाजसेवी राजकुमार पोखरेल, जिल्ला ट्राफिक प्रमुख प्रकाश जवेगूलगायतले कामको प्रशंसा गरेका थिए ।

कार्यक्रममा लायन्सका एरिया कोअर्डिनेटर सत्यनारायण शर्मा, जिन चियरपर्सन ओमकृष्ण बिमली, जोन चियरपर्सन शैलेन्द्र कुरुङवाङ, बिर्तामोड सिटीका चर्टर प्रेसिडेन्ड नीरज ओली, अध्यक्ष घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल बिमली, सचिव रविन्द्र भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडले अर्जुनधारा नगरपालिकामा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका बालबालिकालाई सहयोग गरेको छ । क्लबकी सदस्य गीता घिमिरे र जीवन घिमिरेको अगुवाईमा केन्द्रमा रहेका बालबालिकालाई खाद्यान्यसहित १० थान सिरक प्रदान गरेका गरिएको छ ।

क्लबकी अध्यक्ष लीलादेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मञ्जु उप्रेती, सचिव मीरा खड्का, सहसचिव संगीता गिरीसहित कल्पना भण्डारी, यशोदा उप्रेती लगायतले संयुक्त रुपमा सिरक र खाद्यान्य प्रदान गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, व्यवसायी घनश्याम चौधरी, राजकुमार साह, पुकार बराल लगायतको आतिथ्य रहेको थियो ।

Adv footer