२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

महिला लिगः एकै खेलमा दोहोरो ह्याट्रिकको रेकर्ड !


काठमाडौँ, माघ १६ । जारी राष्ट्रिय महिला लिग फुटबलमा एकै खेलबाट मिथो रुथल दोहोरो ह्याट्रिकको रेकर्ड बनाएकी छन् । स्याङ्जाको वालिङ नगरपालिकाबाट खेलेकी रुथलको यो रेकर्ड पहिलो हो ।

उनी जारी महिला लिगमा सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी बनिन् । रुथले १२ मिनेटको अवधिमा ह्याट्रिक पूरा गरेकी हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन विदेशी खेलाडी रुथले दोहोरो ह्याट्रिक गरेकी हुन् ।

स्याङ्जाको वालिङ नगरपालिकाले पहिलो जित निकाल्ने क्रममा दोहोरो ह्याट्रिक बनेको हो । तर, एकै खेलबाट दोहोरो ह्याट्रिक गर्ने खेलाडी भने विदेशी हुन् । एपिएफकी सावित्रा भण्डारीले चार खेल खेल्दै तेस्रो ह्याट्रिक गरे पनि एकै खेलमा दोहोरो ह्याट्रिक भने गरेकी छैनन् ।

बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोल अन्तरले पराजित गर्दै वालिङले पहिलो जित निकालेको थियो । त्यस्तै, सोही खेलमा सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनेला नोइलीले एकएक गोल गरे । चौदण्डीविरुद्ध एकतर्फी खेल पस्किएको वालिङले सातौँ मिनेटमा क्यामरुनी खेलाडी रुथको गोलबाट अग्रता बनाएको थियो । रुथले अमिषा कार्कीको पास सदुपयोग गर्दै गोलरक्षक देविका श्रेष्ठलाई बिट गर्दै गोल गरिन् ।

खेलको नवौँ मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई २–० को अग्रता दिलाइन् । चौदण्डीका डिफेण्डरको तालमेल नमिलेको फाइदा रुथले उठाइन् । खेलको १९ औँ मिनेटमा रुथले ह्याट्रिक पूरा गर्दा वालिङ ३–० ले अघि रह्यो ।

त्यस्तै, खेलको ३३ औँ मिनेटमा मनमायाले गोल गरेपछि पहिलो हाफमा वालिङ ४–० ले अघि रह्यो । लिगमा पहिलो गोल गर्ने क्रममा उनले गोलरक्षक देविकालाई बिट गरिन् । दोस्रो हाफमा वालिङ थप ६ गोल गर्यो । खेलको ४९ औँ मिनेटमा क्यामरुनी खेलाडी टौटा नोउलीले गोल गर्दै वालिङलाई ५–० को अग्रता दिलाइन् ।

खेलको ६३ औँ मिनेटमा रूथले व्यक्तिगत चौथो गोल गर्दा वालिङले ६–० को अग्रता बनायो । चौदण्डीकी गोलरक्षक देविकासँगको वान भर्सेस वानको स्थितिमा रुथले सहजै गोल गरिन् । क्यामरुनी रुथले खेलको ७१ औँ मिनेटमा व्यक्तिगत पाँचौँ गोल गर्दा वालिङको अग्रता ७–० को पुग्यो ।

खेलको ८० औँ मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सम्झनाले गोल गर्दै वालिङलाई ८–० को अग्रता दिलाए । पहिलो गोल गरेको एक मिनेट नबित्दै ८१ औँ मिनेटमा सम्झनाले व्यक्तिगत दोस्रो गोल गर्दा वालिङ ९–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा रुथले दोहोरो ह्याट्रिक पूरा गर्दा वालिङले १०–० को जित निकाल्यो ।

जितसँगै वालिङले ३ खेलमा ५ अंक जोडेको छ । चौदण्डीको यो लगातार तेस्रो हार हो । चौदण्डी अंकविहीन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer