२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आर्मीविरुद्ध पहिला बलिङ गर्दै एपिएफ


काठमाडौँ, माघ १७ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल एपिएफ क्लबले पहिला बलिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शरद भेषावकरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । आर्मीले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । एपिएफले टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर सूर्य तामाङको स्थानमा तीव्र गतिका बलर किशोर महतोलाई मौका दिएको छ । बसन्त रेग्मी भने बेन्चमै छन् ।

आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । त्यसयता दुई फाइनलमा लगातार पराजित हुन पुगेको थियो । सशस्त्र दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । अन्य संस्करणमा भने एपिएफ सेमिफाइनलबाट बाहिरिएको थियो ।

एपिएफ समूह ए बाट विजेता र आर्मी उपविजेताको रुपमा फाइनलमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा एपिएफले आर्मीलाई ६ रनले हराएको थियो । पहिलो सेमिफाइनलमा एपिएफले पुलिसलाई ३० रन हराउँदै फाइनलमा स्थान बनाएको थियो । आर्मीले बागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

आर्मीको प्लेइङ ११: विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अनिल मण्डल, रोहित कुमार पौडेल, भिम सार्की, राजेश पुलामी, हरि चौहान, विक्रम सोब, सुशन भारी, साहब आलम, लोकेश बम र जितेन्द्र मुखिया

एपिएफको टोली: शरद भेषावकर (कप्तान), किशोर महतो, सुबास खकुरेल, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, शंकर राना, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला र अभिनास बोहोरा (हाम्रो खेलकुदबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer