२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड ५ मा खेलकुद प्रतियोगिता हुने


बिर्तामोड, माघ १७ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा तीन महिने खेल प्रतियोगिता हुने भएको छ ।

५ नम्बर वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा यही माघ २१ गतेबाट खेल प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताअन्तर्गत माघ २१ गतेदेखि एक महिनासम्म आत्मरक्षाका लागि महिलाहरुलाई निःशुल्क कराते तालिम प्रदान गरिने अध्यक्ष विशाल धिमालले बताए ।

त्यस्तै, फागुन १ गते वडास्तरीय सुपर सिक्स क्रिकेट प्रतियोगिता हुनेछ भने फागुन पहिलो साता मैत्रीपूर्ण भलिबल खेलको आयोजना गरिएको धिमालले जानकारी दिए । फागुन दोस्रो साता वडास्तरीय बास्केटबल प्रतियोगिता हुनेछ ।

समितिले फागुन अन्तिम साता वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गरेको छ भने चैत दोस्रो साता वडास्तरीय शारीरिक सुगठन प्रतियोगिता गरेर तीन महिने खेलकुदको समापन गरिने धिमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer