२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै


बिर्तामोड, माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।

त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुनेछ । (अनलाइनखबरबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer