२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पाँच दिनपछि गर्मी सुरु हुने, बिहीबारदेखि तीन दिन वर्षा र हिमपात


झापा, माघ २० । अर्को साताबाट गर्मी सुरु हुने मौसमविदले पूर्वानुमान गरेका छन् । पर्सि बिहीबारदेखि शनिबारसम्म मौसम बदली भई पानी पर्ने र हिमपात हुने बताइएको छ । लामो समयदेखि वर्षा र हिमपात नहुँदा वायु प्रदूषणसँगै सुक्खापन बढेको छ । बालीनालीमा नोक्सानी पुगेको छ ।

मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ । यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ । तराईको हुस्सु कुहिरो पनि हट्छ ।

केही समयअघि पश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परे पनि देशका अन्य क्षेत्रमा झण्डै ५ महिनादेखि वर्षा भएको छैन । यसैबीच, अहिले देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । तराईका जिल्लामा केही दिनदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहिरो हट्ने भएकाले तराईका जिल्लामा शीतलहरको औपचारिक घोषणा गरिएको छैन ।

‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ । तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महसुस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन’, मौसमविद कँडेलले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer