२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

महिला टोलीले एसियन भलिबल च्याम्पियनसिप खेल्ने


झापा, माघ २० । नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको छ ।

एसियन भलिबल महासंघ (एभिसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो ।

नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो । चाइना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा आयोजना चीन सहित १६ टिमले सहभागिता जनाउनेछन् ।

सेन्ट्रल जोन मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनै पनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरी बैठकले निर्णय गरेको हो ।
बाँकी १० राष्ट्रमध्ये सेन्ट्रल जोनबाट नियमित प्रतियोगिता खेलिरहेका इरान, ताजकिस्तान र भारत वरियताका आधारमा सिधै छनोट भएका छन् ।

कोभिड–१९ को अवस्था हेरेर एभिसीले प्रतियोगिता हुनु दुई महिनाअघि खेल हुने÷नहुने विषयमा पक्का गर्ने बताएको छ । कोभिडकै कारणले गत फागुनमा बिच भलिबल समेत स्थगित बनेको थियो ।

गत वर्ष नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालको महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो । फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित बनेको नेपालले एतिहासिक रजत पदक भने प्राप्त गरेको थियो ।

सागअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्ण पदक जितेको थियो । भलिबलको इतिहासमा सेन्ट्रल जोनमा नेपालले एतिहासिक स्वर्ण पदक हात पारेको थियो ।

महिला टिमको पछिल्लो प्रदर्शनलाई आधार मानेर नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपमा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो । (खेलपाटीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer