२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड ५ मा महिलालाई निःशुल्क कराते तालिम सुरु


झापा, माघ २२ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिले एक महिन कराते तालिम सुरु गरेको छ ।

महिलाहरुलाई आत्मरक्षाका लागि निःशुल्क कराते तालिम सुरु गरिएको समिति अध्यक्ष विशाल धिमालले बताए । देवी मावीको प्रांगणमा सुरु भएको तालिमको वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदनले एक कार्यक्रमका बीच उदघाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि लिङदेनले नगरका सबै वडाभन्दा ५ नम्बरले खेलकुदको विकासमा उल्लेख्य योगदान गरेको बताए । कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष टिकाप्रसाद संग्रौला, वडा सदस्य डिआर कडरिया, लक्ष्मीप्रसाद बाँस्कोटा, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा समिति सचिव विशाल अग्रवालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । वडा नम्बर ५ ले आफ्ना वडाका युवालाई खेलकुदमार्फत अघि बढाउन खोजेको अग्रवालले बताए । कार्यक्रमको सहजीकरण विपासा खरेलले गरेकी थिइन् ।

समितिले कराते तालिमसँगै फागुन १ गते वडास्तरीय सुपर सिक्स क्रिकेट प्रतियोगिता गर्ने भएको छ भने फागुन पहिलो साता मैत्रीपूर्ण भलिबल खेलको आयोजना गरिएको धिमालले जानकारी दिए । फागुन दोस्रो साता वडास्तरीय बास्केटबल प्रतियोगिता हुनेछ ।

समितिले फागुन अन्तिम साता वडास्तरीय फुटसल प्रतियोगिता आयोजना गरेको छ भने चैत दोस्रो साता वडास्तरीय शारीरिक सुगठन प्रतियोगिता गरेर तीन महिने खेलकुदको समापन गरिने अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer