२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कुरीतिविरुद्ध उपसनाको लघु चलचित्र ‘आशा’


झापा, माघ २३ । कलाकार उपसना नेम्वाङले नेपाली समाजमा हुने छोराछोरीबीचको लैंगिक विभेदलाई समेटेर निर्माण गरिएको लघु चलचित्र सार्वजनिक गरेकी छन् ।

पछिल्लो समय लघु चलचित्र निर्माणमा लागेकी उनले यसअघि कान्छा र रातो टिका बजारमा ल्याइसकेकी छन् । बिहीबार उनले ‘आशा’ नामक अर्को लघु चलचित्र दर्शकसामु पस्किएकी छन् ।

चलचित्रमा कथाकार उपसना र भावना ऐरको छोरी रहेको भ्रुणमै पत्ता लगाएर पटकपटक गर्भपतन गराएको कथामा उपसनाले सशक्त अभिनय गरेकी छन् । छोरी जन्माएकै निहुँमा पतिद्वारा गरिने निर्मम र दयाहीन व्यवहारको सामना कथाको क्लाइमेक्समा बेजोड तरिकाले देखाइएको छ ।

‘यसपालि त छोरा जन्माउँली भनेर कत्ती खुसी भ’को थेँ, फेरि पनि छोरी नै जन्माई, राम्रै भो धन्न मरेकी जन्माई’, पतिद्वारा जस्ता शब्द प्रहार हुँदा एउटी आमाको मन कति पीडा र वेदनामा भरिन्छ, यो भावलाई उपसनाले चलचित्रमा जीवन्त बनाएकी छन् ।

विगत डेढ दशकयता म्युजिक भिडियो र चलचित्रमा रहँदै आएकी उपसनाको मुख्य भूमिका रहेको चलचित्रमा स्वामी सुवास चन्द्रले पतिको भूमिकामा साथ दिएका छन् । बालकलाकारमा रिया तामाङ र प्रकृति विष्ट छन् । सविना केसी विष्टले सासूको रुपमा चलचित्रमा छिन् ।

बिबी लिम्बूको सम्पादन, बिबी र पर्शु थलङ लिम्बूको छायांकन रहेको चलचित्रको भिडियो उत्कृष्ट छ । प्रकाश लिम्बूले निर्देशन गरेको चलचित्रको पटकथा उपसना आफ्नै रहेको छ । निसुम सुब्बा नेम्वाङको श्रृङ्गार रहेको चलचित्र मनसुन ग्रुप प्रालिको प्रायोजनमा निर्माण भएको हो ।

सामाजिक घटनालाई कथामा उन्दै चलचित्रको माध्यमबाट प्रहार गर्दै आएकी उपसनाको यसअघिको चलचित्र कान्छाले लकडाउनले भाइ घरमा आउन नपाएको कथालाई समेटिएको थियो । त्यसैगरी, रातो टिकाले विधवाले सेतो वस्त्र लगाउनुपर्ने कुरीतिलाई प्रहार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer