२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रामचोक वनको अध्यक्षमा गौतम


झापा, माघ २४ । बिर्तामोड-२ स्थित रामचोक सामुदायिक वनको अध्यक्ष राजु गौतम चयन भएका छन् ।

शनिबार सम्पन्न संस्थाको २४ औँ साधारणसभाले गौतमको नेतृत्वमा १२ सदस्यीय समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तारा भट्टराई, सचिव रुपा कोइराला सिग्देल, सहसचिव चन्द्र मिश्र र कोषाध्यक्षमा भगीरथ लुइँटेल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा दिलकुमारी लिम्बू, हेमन्त तिम्सिना, दिवस खनाल, सचिन अधिकारी, सन्तोष धौराली, राकेश राजवंशी र शंकर राजवंशी चयन भएका छन् ।

बिर्तामोड-२ का निमित्त वडा अध्यक्ष उपेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका अध्यक्षता वनका अध्यक्ष श्यामकुमार पोखरेलले गरेका थिए । सचिव रमा गौतम खनालले सहजीकरण गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मीदेवी भट्टराई गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer