२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

महिला लिग: आर्मीको फराकिलो जित


झापा, माघ २४ । विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो राउन्डमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को सहज जित हात पारेको छ । रश्मि घिसिङको ह्याट्रिकसहित चार गोल सहयोगमा आर्मीले दोस्रो राउन्डमा विजयी सुरुवात गरेको हो ।

एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा आर्मीको फराकिलो जितमा शर्मिला थापाले दुई तथा भुजुङ्गा राई र अन्जली वाइवाले एक गोल थपिन् । एक गोल उपहार पाएको थियो ।
पहिलो राउन्डमा आर्मीले चौदन्डीगढीलाई १२–० ले पराजित गरेको थियो । आर्मीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा ६ गोल थपेको थियो । चार भारतीय खेलाडीलाई मैदानमा उतार्दा सुधारिएको खेल पस्के पनि हार टार्न सकेन ।

यो जितसँगै दोस्रो स्थानमा रहेको आर्मीको ७ खेलबाट १६ अंक पुगेको छ । शीर्षस्थानमा रहेको अपराजित एपिएफको १८ अंक छ । पराजित चौदन्डीगढीले अंकको खाता खोल्न सकेको छैन ।
लिगमा आइतबार दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा विराटनगर र चन्द्रपुर तथा दोस्रो खेलमा पुलिस र वालिङबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer