२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

४० किलोमिटर दूरीको साइक्लिङ च्यालेञ्ज हुने


बिर्तामोड, फागुन ३ । ‘साइकल चलाऔँ, स्वस्थ रहौँ— पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’, भन्ने नाराका साथ ‘जेनियम साइक्लिङ च्यालेञ्ज-२०२१’ हुने भएको छ ।

झापा धुलाबारीको जेनियम युवा क्लबको आयोजनामा यही फागुन १५ गते साइक्लिङ च्यालेञ्ज हुने सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्लब र स्थानीय युवाको सक्रियतामा हुन गइरहेको प्रतियोगितामा लगभग २०० प्रतियोगी सहभागी हुने अनुमान गरिएको छ ।

साइकलयात्रा झापाको धुलाबारी बजारबाट शान्तिनगर, बहुबन, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, काँकरभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारी बजार आएर समाप्त हुने आयोजकका अध्यक्ष धनराज थापाले जानकारी दिए । ४० किलोमिटर दूरीको रहने प्रतियोगिताका प्रथम हुनेलाई ३५ हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार रुपैयाँ प्रदान गरिने सचिव रोजेस प्रसाईंले बताए ।

त्यस्तै, चौथोलाई ३ हजार, पाँचौँलाई २ हजार र छैठौँदेखि दसौँसम्मलाई जनही १ हजार नगदसहित ट्रफी र आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख नौ हजार खर्च हुने अनुमान गरिएको कार्यक्रम सञ्चालक बुद्ध तामाङले जानकारी दिए ।

प्रतियोगिताका लागि मेचीनगर नगरपालिका वडा नम्बर ९ र १० मुख्य प्रायोजक रहने छन् । सहप्रायोजकको रुपमा टावरटेम्पल इङलिस बोर्डिङ हाइस्कुल बिर्तामोड र विर्ता आई हस्पिटल बिर्तामोड रहेका छन् । त्यस्तै, जोइनर जुस, यमी अनलाइन फुड डेलिभरीलगायतका व्यावसायिक प्रतिष्ठान पनि प्रतियोगितामा जोडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer