२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

सुनचाँदी संघद्वारा प्रहरी प्रमुखलाई स्वागत सम्मान


बिर्तामोड, फागुन ५ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाले झापाका एसपी सानुराम भट्टराई र अनारमनीका डिएसपी सन्तोष आचार्यलाई स्वागत सम्मान गरेको छ । त्यस्तै, हालै महासंघको केन्द्रीय सदस्यमा निर्वाचित राजकुमार गुप्तालाई सम्मान गरेको छ ।

बुधबार बिर्तामोडको होटल सिद्धार्थ ग्रान्डमा एक कार्यक्रमको आयोजना गरेर संघले स्वागत तथा सम्मान गरेको हो । उनीहरुलाई मायाको चिनो प्रदान गर्नुको साथै विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि महासंघ १ नम्बर प्रदेश अध्यक्ष रुपदल विश्वकर्मा (राजु धमला) ले सुनचाँदी व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने जिकिर गरे । सानो समस्यामा पनि सुरक्षाका नाममा झन्झट दिने काम बन्द गरिनुपर्ने उनको भनाइ थियो । उनले झापा र अनारमनीका नयाँ प्रहरी प्रमुखले सुनचाँदी व्यवसायीलाई सदैव सहयोग गर्ने अपेक्षा राखेको बताए ।

कार्यक्रममा महासंघका १ नम्बर प्रदेश कोषाध्यक्ष राजेश सानी, संघका संस्थापक अध्यक्ष कृष्ण उदास, वर्तमान उपाध्यक्ष तुलसी बिमली, नेपाल महिला उद्यमी संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली, संघका कानुनी सल्लाहकार भक्ति सिटौलालगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका प्रवक्ता मोहन सेन्च्युरीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सञ्चारकर्मी स्वास्तिका आचार्यले गरेकी थिइन् ।

Adv footer