२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

सिके प्रसाईंको स्मृति दिवसमा देवी माविलाई ५० हजार सहयोग


बिर्तामोड, फागुन ८ । नेपाली राजनीतिक, सामाजिक तथा शैक्षिक आन्दोदनका नेता सिके प्रसाईं (भरत बाबु) को २७ औँ स्मृति दिवसमा झापाको एक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

शनिबार देवीबस्तीमा रहको सिके चिन्तन प्रतिष्ठानमा आयोजित कार्यक्रममा बिर्तामोडको देवी माविलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिएको हो । सिके प्रसाईंका नाति अनुदान प्रसाईंले सो राशिको चेक विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

प्रष्ठिानले यो वर्षबाट प्रत्येक वर्ष प्रसाईंको स्मृति दिवसको अवसर पारेर झापाको एक सामुदायिक विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग गर्ने छोरा विवेक प्रसाईंले जानकारी दिए । विद्यालयको भौतिक तथा शैक्षिक उन्नतिका लागि सो सहयोग गरिने प्रसाईंले बताए ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भरतबाबु अध्ययनशील, सिद्धान्तमा निष्ठावान, समाजवबादी चिन्तक तथा विश्लेषक रहेको स्मरण गरे । साथै, उनी सादगी र मितव्ययी भएकोले निःस्वार्थ भावना भएको व्यक्ति रहेको सम्झना गरे । ‘उहाँ सिद्धान्तभन्दा बाहिर नजाने, अडिग हुनुहन्थ्यो’, सिटौलाले भने, ‘हामीले भरतबाबुबाट सिक्नुपर्ने धेरै कुरा छन्, जुन हामीले व्यवहारमा उतार्न पनि जरुरी छ ।’

कार्यक्रममा कांग्रेस नेतृ सरिता प्रसाईं, वामपन्थी नेता खगेन्द्र प्रसाईं, कांग्रेसका पुराना नेताहरु डिल्ली सिटौला, पूर्णानन्द शर्मा, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीलगायतले सिक प्रसाईंको योगदानको चर्चा र प्रशंसा गरेका थिए ।

अग्रज पत्रकार होमनाथ दाहाल र कांग्रेसका पुराना कार्यकर्ता भैरव थपलियालाई सम्मान गरिएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद आचार्यले गरेका थिए । कुमार भट्टराईले स्वागत गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष टिका प्रसाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer