२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

फुटसलको उपाधि वडा ५ लाई


बिर्तामोड, फागुन १५ । बिर्तामोड नगरपालिकाअन्तर्गत वडास्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक वडा नम्बर ५ ल जितेको छ ।

शुक्रबार भएको प्रतियोगितामा वडा नम्बर ५ ले वडा नम्बर ४ लाई पराजित गर्दै उपाधि चुमेको हो । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा नगरका ५ वटा टिम सहभागी रहेको समिति सचिव विशाल अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा वडा नम्बर ५ ले ६–५ गोल अन्तरले जीत निकालेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता टिमका नरेन्द्र खत्री र सर्वाधिक गोलकर्ता बिकी चौधरी रहे । विजेता टिमले नगद २० हजार तथा ट्रफी प्राप्त गर्यो ।

राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता समिति अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतियोगिताका विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि शिवाकोटी, जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेल, वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन लगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

समितिले यसअघि महिलाहरुलाई आत्मरक्षाका लागि एक महिने निःशुल्क कराते तालिम सुरु गरिसकेको छ । त्यस्तै, सुप सिक्स क्रिकेट र भलिबल प्रतियोगिता सम्पन्न भइसकेको छ ।

समितिले फागुन अन्तिम साता वडास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्ने छ भने चैत दोस्रो साता वडास्तरीय शारीरिक सुगठन प्रतियोगिता गरेर तीन महिने खेलकुदको समापन गरिने अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer