२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अध्यक्ष कपः ब्रदर्स युनाइटेड सेमिफाइनलमा


मदरगाछ, (झापा), फागुन १५ । । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगितामा चन्द्रगढीको ब्रदर्स युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा ब्रदर्सले झापा एफसी राजगढलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । दीपज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा दुबै टिमबाट निर्धारित समयमा १-१ गोल गरेका थिए ।

नतिजा बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। खेलको १७ मिनेटमा राजगढका राजकुमार कंदङ्वाले गोल गर्दै अग्रता दिलाए पनि हार बचाउन सकेनन् । चन्द्रगढीका सबिन थापा मगरले खेलको २९औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए ।

निर्णयका लागि रोजिएको टाइब्रेकरमा चन्द्रगढीले ३-० ले विजयी भयो । यो संगै ब्रदर्स युनाइटेड र रेड स्टार बिर्तामोडले फाइनल प्रवेशका लागि सेमिफाइनल खेल्नेछन् ।

खेलको म्यान अफ दी म्याच ब्रदर्स युनाइटेडका गोलकिपर आमस टुडु भए । उनले नगदसहित ट्रफी र प्रमाण पत्र पाए । आज (शनिबार) जलथल एफसी र श्रीनाथ गण चारआलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपबिजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer