२०८२ असार १८ बुधबार
Jhapa Today
Adv top

बास्केटबलको उपाधि रोसित र ओसिनको टिमलाई


बिर्तामोड, फागुन २४ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको बास्केटबल प्रतियोगिताको उपाधि रोसित र ओसिनको टिमले उचालेको छ ।

वडास्तरीय प्रतियोगिताअन्तर्गत पुरुषतर्फ रोसित र महिलातर्फ ओसिनको टिम विजयी भएको समिति सचिव विशाल अग्रवालले जानकारी दिए । किरात कल्याण संघमा भएको खेललाई नेपाल बास्केटबल लिगले सहयोग गरेको थियो ।

प्रतियोगिताको फाइनलमा पुरुष टिमले नियारा टिमलाई हराएको थियो भने महिला टिमले एसएमएस टिमलाई पराजित गरेको थियो । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष विशाल धिमालले गरेका थिए ।

प्रतियोगिताका विजता तथा उपविजेत टिमलाई बास्केटबलका राष्ट्रिय कप्तान सदिस प्रधान, नेपाल बास्केटबल लिगका अध्यक्ष नमित थापा, प्रमुख अतिथि राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटी, वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, शंकर थापा, झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङदेनलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

Adv footer