२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अन्तुमा एक्सेल डेभलपमेन्ट बैंकको क्युआर कोड


इलाम, फागुन २६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित क्युआरमार्फत भुक्तानी सुरु गरेको छ ।

सूर्योदय नगरपालिकाअन्तर्गत अन्तु डाँडा सामुदायिक होमस्टेहरुमा नगदरहित भुक्तानी सेवाको शुभारम्भ सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले गरेका छन् । अन्तु डाँडाका सामुदायिक होमस्टेहरुलाई एक्सेल डेभलपमेन्ट बैंकबाट उपलब्ध गराइएको क्युआर कोड हस्तान्तरण गरी उक्त सेवाको सुरुवात गरिएको हो ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै अन्तु डाँडामा रहेका सामुदायिक होमस्टेहरुमा ग्राहकहरुले भुक्तानी गर्नुपर्ने रकम होमस्टेलाई सिधै उनीहरुको खातामा जम्मा हुने गरी भुक्तानी गर्न सक्नेछन् ।

बैंकले साना तथा मझौला उद्यमीहरुलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आइरहेको छ । नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैकिङ्गतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

उक्त क्युआर कोड हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले अन्तु डाँडा सामुदायिक होमस्टेहरुमा एक्सेल डेभलपमेन्ट बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुँच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए ।

वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer