२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘रोलिङ च्यालेञ्ज कप’ चैत ७ गतेदेखि


बिर्तामोड, चैत २ । झापाको पुरानोमध्येको एक रोलिङ क्लब धुलाबारीको आयोजनामा चैत ७ गतेदेखि १४ गतेसम्म प्रदेश नम्बर १ स्तरीय रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता हुने भएको छ ।

चौथो संस्करणको प्रतियोगिता धुलाबारी माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा एक विभागीय टिमसहित ८ वटा क्लबले सहभागिता जनाउने क्लबका सचिव महेश खड्काले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा आयोजक रोलिङ क्लब धुलाबारीसहित रेडहर्स इलाम, शिवसताक्षी फुटबल क्लब झिलझिले, न्यु स्टार फुटबल क्लब सुनसरी, चारआली–धाइजन फुटबल क्लब मेचीनगर, सशस्त्र प्रहरी बल (एपिएफ) पकली, पथरी फुटबल क्लब मोरङ र कणसिंह सोनाम फुटबल क्लब ताप्लेजुङको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नम्बर १० रहेको छ । अन्य रकम खेलप्रेमी तथा उद्योगीबाट सहयोग संकलन गरिनेछ ।

क्लबका अध्यक्ष नोमेम्बर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल फुटबल महासंघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले ‘मामा’, मेचीनगर वडा नम्बर १० का वडाध्यक्ष सुदय पनेरु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लबका उपाध्यक्ष इन्द्र आङदेम्बेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव महेश खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer