२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

थ्री नेसन्स कपको तालिका सार्वजनिक


बिर्तामोड, चैत ३ । नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने थ्री नेसन्स कपको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल, बंगलादेश र किर्गिस्तानबीच हुने थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबलको खेल तालिका सार्वजनिक गरेको हो ।

पहिलो खेलमा बंगलादेश र किर्गिस्तानबीच चैत १० मा प्रतिस्पर्धा हुनेछ । चैत १२ मा नेपालले किर्गिस्तानसँग खेल्नेछ । चैत १४ मा नेपालले बंगलादेशसँग खेल्नेछ । फाइनल चैत १६ मा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्ने छन् ।

विश्वकप छनोटअन्तर्गत तय भएको अष्ट्रेलियाविरुद्ध खेल स्थगित भएपछि दशरथ रंगशालामा सोही समयमा नेपालले यस मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल र बगंलादेशको राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने भए पनि किर्गिस्तानको २३ वर्षमुनिको टोलीले खेल्नेछ । विश्वकप छनोटअन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल स्थगित भएसँगै एन्फाले थ्री नेसन्स कप आयोजना गर्न लागेको हो । हाल राष्ट्रिय टोलीको प्रशिक्षणमा ३१ खेलाडीबाट मैत्रीपूर्ण प्रतियोगिताका लागि राष्ट्रिय टोलीको निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer