२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

इलाम खुला भलिबलको सेमिफाइनल आज


बिर्तामोड, चैत ७ । इलाममा जारी दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबलको समिफाइनल खेल आज हुँदैछ ।

इलामको ठुलो टुँडिखेलमा शनिबार हुने पहिलो सेमिफाइनलमा समूह ’ए’ को विजेता त्रिभुवन आर्मी क्लब र समूह ’बी को उपविजेता नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो सेमिफाइनलमा समूह ’बी’ को विजेता एपिएफ र समूह ’ए’ को उपविजेता विमान ट्रेडर्स बिर्तामोडबीच प्रतिस्पर्धा हुनेछ । डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भने समूह चरणबाटै बाहिरिएको छ ।

इलामको ठुलो टुँडिखेलमा शुक्रबार विभागीय टोली आर्मीसँग ३–१ को सेटमा पराजित भएपछि गण्डकीको यात्रा समूह चरणमै समाप्त भएको हो । आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले पराजित गर्यो ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer