२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल दक्षिण एसियाकै खुसी मुलुक


बिर्तामोड, चैत ७ । नेपाल दक्षिण एसियाकै खुसी मुलुक घोषित भएको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको सन् २०२१ को खुसी देशहरुको सूचीमा नेपाल ८७ औँ स्थानमा परेको छ ।

राष्ट्रसंघले कोरोना भाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १४९ देशलाई सूचिकृत गरेको हो । नेपालले ५.२६९ स्कोर पनि प्राप्त गरेको छ । कूल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।

जसअनुसार नर्डिक मुलुक फिनल्यान्ड यसपटक पनि विश्वकै सबैभन्दा खुसी मुलुकको रुपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुसी मुलुकको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान पुछारमा छ ।

छिमेकी मुलुक भारत १४४ औँ स्थानमा छ । भारत नेपाल, बंगलादेश र पाकिस्तानभन्दा तल छ । उत्तरी छिमेकी मुलुक चीन नेपालभन्दा दुई स्थान माथि छ । सन् २०१९ मा नेपाल एक सय स्थानमा थियो ।

नेपाल यसपटक १३ स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुसी मुलुक बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने मुलुक बनेको थियो ।

सबैभन्दा बढी खुसी हुने मुलुकहरुमा नडिर्क देश अगाडि छन् । फिनल्यान्डपछि क्रमशः डेनमार्क, स्विटजरल्यान्ड, आइसल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, स्विडेन, लक्जेम्बर्ग, न्यूजिल्यान्ड र अष्ट्रिया छन् । उत्कृष्ट दसभित्र एसियाली मुलुक न्युजिल्यान्ड अटाएको छ ।

अध्ययनमा सहभागी राष्ट्रसंघका जोन हेलीवेल भन्छन्, ‘खुसी मुलुक भनेका ती हुन् जहाँका जनताले अपनत्व महसुस गर्छन् । जहाँ विश्वास र खुसी बाँडिन्छ र सार्वजनिक संस्थाप्रति भरोसा हुन्छ ।’

अध्ययनले मुस्लिमप्रतिको घृणा, बेरोजगारी र सामाजिक विशृंखलाको कारण केही मुलुक पछाडि परेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer