२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रोलिङ्ग च्यालेन्ज कपः आयोजक र एपिएफ भिड्दै


बिर्तामोड, चैत ९ । धुलाबारीमा जारी १ नम्बर प्रदेशस्तरीय चौथो रोलिङ च्यालेन्ज कप फुटबल प्रतियोगिताअन्तर्गत आज सोमबार तेस्रो क्वार्टर फाइनल खेल हुँदैछ ।

आयोजक रोलिङ क्लब र सशस्त्र प्रहरी बल पकलीबीच धुलाबारी माविको खेल मैदानमा प्रतिस्पर्धा हुनेछ । आफ्नै खेल मैदानमा आयोजकले उच्च मनोबलका साथ बलियो प्रतिद्वन्द्वी टिमलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश योजनासहित मैदान उत्रने सचिव महेश खड्काले बताए ।

चैत १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको सचिव खड्काले जानकारी दिए ।

२० लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नम्बर १० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer