२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

थ्री नेसन्स कपः नेपाल र किर्गिस्तान खेल्दै


काठमाडौँ, चैत १२ । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू २३ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

नेपाल आज किर्गिस्तानलाई हराउने लक्ष्यसहित मैदान उत्रनेछ । नेपाल किर्गिस्तानलाई हराएर फाइनल पुग्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरिसकेका छन् ।

मुख्य प्रशिक्षक महर्जनले प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ ।

मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

नेपाली टिमः

गोलकिपर: किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर: रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबि शंकर पासवान

फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल, भरत खवास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer