२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बोल्न थाले दुर्गाप्रसाद, आजै पाए नागरिकता


झापा, चैत १२ । ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिना घरमा बसेपछि अचेल बोल्न थालेका छन् ।

उनका भतिज गोपालका अनुसार तिम्सिना पहिलाभन्दा कुरा गर्न थालेका छन् । दुर्गाप्रसादको स्वास्थ्य परीक्षणका लागि एकजना डाक्टर झापाबाट उनको घर माई नगरपालिका–१० पुग्दैछन् ।

’कन्सल्टेन्टले आएर कुन ठाउँमा कुन डाक्टरलाई देखाउने भनेपछि उहाँहरूलाई हामी त्यही अस्पतालमा पु¥याइदिन्छौँ,’ इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने, ‘त्यसको खर्च प्रदेशको सामाजिक विकास मन्त्रालयले व्यहोर्छ ।’

यसअघि गत सोमबार कलकत्ता उच्च अदालतले दुर्गाप्रसादलाई क्षतिपूर्ति पाउनु पर्ने बताएको थियो । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले उनलाई क्षतिपूर्ति दिलाउने प्रक्रिया सुरू गर्ने पनि निर्णय भएको छ ।

यसैत्रीच, दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको खड्काले जानकारी दिए ।

’प्रदेश सरकारले उहाँलाई तत्काल नागरिकता दिएर उपचार गर्ने निर्णय गरेअनुसार नागरिकता दिइएको हो,’ खड्काले भने । नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन् ।

’ठूलो बुवाले नागरिकता लिइसक्नुभयो । हाम्रो नाता पनि प्रमाणित भइसक्यो,’ गोपालले भने । नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ । पश्चिम बंगालका जेल र कलकत्तास्थित उच्च अदालतका कागजातमा उनको नाम दीपक जैसी छ ।

’अब दीपक जैसी र दुर्गाप्रसाद तिम्सिना भन्ने व्यक्ति एउटै हो भन्ने पनि सिफारिस सिडिओ कार्यालयबाट बनाउँछौँ,’ गोपालले भने ।

’शनिबार कलकत्ता पुग्छु । परिवार र महावाणिज्य दूतावासको तर्फबाट यो मुद्दा लडिरहेका वकिलसँग छलफल गरेर अब कसरी अघि बढ्ने भन्नेमा लाग्छु,’ महावाणिज्य दूत ईश्वरराज पौडेलले भने, ‘म उहाँको परिवारसँग नियमित सम्पर्कमा छु । उहाँहरूलाई आवश्यक अन्य सहयोग पनि हामीले गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer