२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

विद्यालयका फोकल पर्सनलाई प्रशिक्षण


बिर्तामोड, चैत १४ । बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा अभियानअन्तर्गत नगरभित्रका विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालको आयोजना र बिर्तामोड नगरपालिकाको समन्वयमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नगरका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका शिक्षक प्रतिनिधि फोकल पर्सनहरुको सहभागिता रहेको थियो ।

प्रदेश १ कै पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाका बाल क्लब फोकल पर्सन दिपक पाण्डेले प्रशिक्षण दिएको कार्यक्रममा प्रशिक्षार्थीहरुले विद्यालयमा बाल क्लब गठन गरिए पनि प्रक्रियाको विषयमा अन्योल अवस्थामा रहेको बताएका थिए । सोही क्रममा प्रशिक्षण दिँदै प्रशिक्षक पाण्डेले बालमैत्री विद्यालय हुनलाई चाहिने सुचकहरु र आवश्यक विषयमा प्रस्ट पारका थिए ।

प्रशिक्षण कार्यक्रमले बाल क्लब गठन र यसका कार्यविधिको विषयमा प्रस्ट भएको र महत्वपूर्ण जिम्मेवारी पाएको बताउँदै नगरको विधानअनुसार अघि बढ्न प्रेरित भएको जनाएका छन् । बालबालिका तथा शिक्षा सञ्चार मञ्चसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रशिक्षार्थीहरुले बालबालिकाको क्षेत्रमा कटिबद्ध भएर काम गर्ने उद्घोषण गरेका छन् ।

बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालका संयोजक सरोज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य प्रकाश पौडेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन सुष्मा त्रिखत्रीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer