२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

थ्री नेसन्स कप विजेता खेलाडीलाई सरकारले जनही ४ लाख दिने


झापा, चैत २० । सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही ४ लाख पुरस्कार दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४÷४ लाख दिने निर्णय गरेको हो ।

यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।

दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई ’बी’ ले एकएक गोल गरेका थिए । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काएका थिए ।

थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । यसअघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer