२०८१ बैशाख ४ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एक्तेन मुभिजद्वारा निःशुल्क स्वास्थ्य शिविर


झापा, चैत २३ । माई नगरपालिकाको महमाईमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
एक्तेन मुभिज प्रालि बिर्तामोडको आयोजना तथा कनकाई हस्पिटल प्रालि बिर्तामोडको प्राविधिक सहयोग र माई–६ को सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

माई नगरपालिकाका नगर प्रमुख दिपककुमार थेवेको प्रमुख आतिथ्यता र एक्तेन मुभिजका अध्यक्ष गोपाल एक्तेनको अध्यक्षतामा सम्पन्न शिविरमा माई नगरपालिका र आसपासका क्षेत्रबाट २९५ जनालाई निःशुल्क जाँच र परामर्श, औषधि वितरण गरिएको थियो ।

शिविर सञ्चालन कार्यक्रममा मुभिजका सचिव नरेन्द्र लिङदेनले स्वागत र वडा अध्यक्ष मुखराज आङदेम्बे, कनकाई हस्पिटलका सञ्चालक महेन्द्र राई, अभय भुजेल, डा. राजेशकुमार महतो, डा. धर्मेन्द्र यादव र कोरियोग्राफर राज शेर्माको आतिथ्यता रहेको थियो ।

वरिस्ठ स्त्री रोग विशेषज्ञ डा. राजेशकुमार महतो, वरिस्ठ फिजिसियन डा. धर्मेन्द्रकुमार यादव र कनकाई हस्पिटलका ९ जनाको टोलीले सेवा प्रदान गरेको शिविर कार्यक्रममा कलाकार तथा नृत्य निर्देशक राज सुब्बा लावतीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer