२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

फुटबलर निशानलाई नगदसहित सम्मान


बिर्तामोड, चैत २८ । फुटबलर निशान खड्कालाई झापामा सम्मान गरिएको छ । शनिबार एक कार्यक्रमका बीच खड्कालाई युवा तथा खेलकुद समिति बिर्तामोड वडा नम्बर ५ ले सम्मान गरेको हो ।

उनलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको समितिका सचिव विशाल अग्रवालले जानकारी दिए । फुटबलमार्फत आफ्नो वडाको नाम उच्च बनाएकोमा उनलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

हालै काठमाडौँमा सम्पन्न थ्रि नेसन्स कपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका मिड फिल्डर खड्का झापा बिर्तामोड ५ निवासी हुन् । उनी थ्रि स्टार क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । २४ वर्षीय उनी नेपाल सुपर लिगमा धनगढी एफसीमा अनुबन्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer