२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रजिअ तिम्सिना ब्याडमिन्टनमा प्रथम


झापा, चैत २८ । प्रथम चन्द्रगढी स्पोर्टस हाउस खुला ब्याडमिन्टन टुर्नामेन्टमा झापाका प्रमुख जिल्ला अधिकारीको टिम प्रथम भएको छ ।

शनिबार मेची रंगशालाको कर्बड हलमा सम्पन्न प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना र चोलाप्रसाद आचार्यको टिम प्रथम भएको हो ।

प्रतियोगितामा सरोज राई र गोविन्द भट्टराई दोस्रो, चिरञ्जीवी कोइराला र कुलदिप चौधरी तथा रमेश सुवेदी र राजधन राईको टिम तेस्रो भएका छन् ।

उद्योगी दिपेश ढकालको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा भद्रपुर ८ का वडा अध्यक्ष मनोज सुब्बालगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer