२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड ५ को खेलकुद कार्यक्रम सम्पन्न


बिर्तामोड, चैत २८ । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको एक महिने खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

आज शनिबार देवी माविको प्रांगणमा सम्पन्न एक महिने आत्मरक्षा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गरियो । तालिममा एक सयजना महिला सहभागी रहेको समिति सचिव विशाल अग्रवालले जानकारी दिए । त्यस्तै, २५ केजीदेखि ५५ केजी तौल समूहका करातेका विजयी खेलाडीलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा पूर्वमहान्याधिवक्ता अग्नि खरेल, अतिथिहरु जिल्ला समन्वय प्रमुख सोमनाथ पोर्तेल, वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, सदस्य डिआर कडरिया, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेललगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

समितिका अध्यक्ष विशाल धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करातेका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेतीलाई सम्मान गरिएको थियो ।

समितिले यसअघि पावर लिफ्टिङ, फागुन पहिलो साता मैत्रीपूर्ण भलिबल, फागुन दोस्रो साता वडास्तरीय फुटसल प्रतियोगिता, फागुन अन्तिम साता वडास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको सचिव अग्रवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer