२०७८ बैशाख २४ शुकर्बार
Jhapa Today
Adv top

बिर्तामोड युनाइटेड अन्तिम चारमा


बिर्तामोड, चैत २९ । झापाको बुट्टाबारीमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लब विजयी भएको छ ।

बिर्तामोडले शिवसताक्षी स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले जितेको छ । खेलको ५४ औँ मिनेटमा बिर्तामोडका सूर्य टुडुुले पहिलो गोल गरेका थिए । दोस्रो गोल बिर्तामोडकै नरेन्द्र खत्रीले ६० औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाए ।

६३ औँ मिनेटमा शिवसताक्षीले पाएको पेनाल्टीमा सञ्जोग मगरले गोल गर्दै गोल अन्तर घटाए पनि जितका लागि पर्याप्त भएन । प्रतियोगिताको म्यान अफ द म्याच बिर्तामोडका सूर्य टुडु भए । उनलाई क्रसर तथा निर्माण व्यवसायी केदार गिरीले नगद २ हजार प्रदान गरे ।

सोमबार आयोजक बुट्टाबारी युनाइटेड क्लब र सैनिक युथ क्लब सैनिकबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ र हरियाली सामुदायिक वन उपभोक्ता समूहको सहयोग तथा बुट्टाबारी युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका आठवटा टिमले भाग लिएको अध्यक्ष हिमाल कन्दङवाले बताए ।

प्रतियोगिताका विजेताले ५५ हजार र उपविजेताले ३३ हजार नगद तथा ट्रफी पाउनेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख २ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*