२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिएन्डसी अस्पतालले १०० जनाको स्वास्थ्य बीमा गरिदिने


बिर्तामोड, चैत ३० । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले एक सयजना नेपाली नागरिकको स्वास्थ्य बीमा गरिदिने बताएका छन् ।

सोमबार अस्पतालको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा निर्देशक प्रसाईंले विपन्न तथा पछाडिएको समुदायका नागरिकलाई प्राथमिकतामा राखेर बीमा गरिने जानकारी दिए ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममार्फत पैसावालाले फाइदा लिइरहेकाले विपन्नवर्गका नागरिकको स्वास्थ्य बीमा गरिन लागेको प्रसाईंको भनाइ छ । अस्पतालको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बीमा गरिने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

‘जुन समुदाय राज्यको पहुँचभन्दा बाहिर छ, त्यो समुदायलाई विशेष प्राथमिकतामा राखिनेछ’, निर्देशक प्रसाईंले भने, ‘सन्थाल, मेचे, मुसहर, उरावलगायत पछाडि परेको र विपन्न परिवारलाई अस्पतालले निःशुल्क बीमा गरिदिन्छ ।’ प्रत्येक परिवारका लागि तीन हजार ५ सय रुपैयाँ खर्च गरेर बीमा गरिने अस्पतालले जनाएको छ ।

यसैबीच, सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नै अस्पतालले करिब अढाइ करोड रुपैयाँको लागतमा बिर्तामोड २ को मोहनमाया माविको भवन निर्माण सम्पन्न गरेको गिरीले जानकारी दिए ।

त्यस्तै, अर्जुनधारा ६ को लक्ष्मीपुर मावि र अर्जुनधारास्थित खुदुनाबारीको जनता माविको भवन निर्माण पनि अस्पतालले गरिदिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer